• राजनीति सबै

    एमालेद्वारा सचिवालय बैठक आह्वान 

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    काठमाडौं, ७ पुस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पुस १० गते बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल गरिने छ ।  ..

  • अर्थ सबै

    पाँच महिनामा करिब साढे सात खर्बको वैदेशिक व्यापार, १६.१४% ले बढ्यो निर्यात

    पाँच महिनामा करिब साढे सात खर्बको वैदेशिक व्यापार, १६.१४% ले बढ्यो निर्यात

    काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा करिब साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.२१ प्रतिशत बढी हो । गत आवको मंसिरसम्ममा ७ अर्ब ५ करोड ४१ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको छ । विभागका अनुसार मंसिरसम्ममा ८३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत आवको तुलनामा निर्यात १६.१४ प्रतिशतले बढेको छ । गत आवको मंसिरसम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु निकासी भएको थियो । मंसिरसम्म विभिन्न देशबाट ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ४२ खर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको थियो, अर्थात् गत आवको मंसिरसम्मको तुलनामा आयात ३ प्रतिशतले बढी हो । तथ्याङ्कअनुसार मंसिरसम्ममा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बरारको व्यापार घाटा बेहोरेको छ । गत गत आवको सोही अवधिमा यस्तो व्यापार घाटा ५ खर्ब ७९ अर्ब थियो । अर्थात् गत आवको तुलनामा नेपालको व्यापार घाटा १.५२ प्रतिशतले बढेको छ ।  

  • घटना तथा अपराध सबै

    जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

    जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

    काठमाडौं, २ पुस । जुवा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट रू. १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको जनाइको छ ।

  • स्वास्थ्य/जीवनशैली सबै

    स्वास्थ्य मन्त्रालयमा ५ जनाको विज्ञ सल्लाहकार समिति गठन

    स्वास्थ्य मन्त्रालयमा ५ जनाको विज्ञ सल्लाहकार समिति गठन

    काठमाडौं, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् । समितिमा पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधि प्रभावकारी बनाउन सल्लाह दिने बताइएको छ ।