[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

कर्णालीका उद्योगको क्षमता उपयोग ३०.९८ प्रतिशत, ५.७ खर्ब कर्जा प्रवाह

अनलाइनसमय |
१४ कार्तिक २०८३
कर्णालीका उद्योगको क्षमता उपयोग ३०.९८ प्रतिशत, ५.७ खर्ब कर्जा प्रवाह

काठमाडौं, १३ कात्तिक । गत आर्थिक वर्ष (आव) २०८३/८४ मा कर्णाली उद्योगहरुको औसत क्षमता उपयोग ३० दशमलव ९८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्बजनिक गरेको ‘कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ले यस्तो तथ्याङक देखाएको हो । गत वर्ष त्यस्ता उद्योगहरुको क्षमता उपयोग औसत ३९.१२ प्रतिशत रहेको थियो ।

प्रदेशमा राडीपाखी उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ६६ दशमलव ६७ प्रतिशत क्षमता उपयोग रहेको छ । त्यस्तै, प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् १० दशमलव १९ प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा नमूना छनोटमा समेटिएका उद्योगहरुको उत्पादनमध्ये चाउमिन, अन्य घरेलु कपडा, गलैंचा, राडी पाखी चिरेको काठ, र बिजुली बल्ब उत्पादन गर्ने उद्योगहरुको उत्पादन बढेको छ भने प्रशोधित दूध, अन्न तथा पशु दाना, कागज र छालाकोजुत्ता उत्पादन गर्ने उद्योगहरुको उत्पादन घटेको छ ।

गत आवमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान १० दशमलव ७ प्रतिशत रहने राष्ट्र बैंकको अनुमान छ । यस प्रदेशमा उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धिदर १.५१ प्रतिशत र निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको राष्ट्र बैंकले जनाएको छ ।

५ खर्बभन्दा बढी कर्जा प्रवाह
गत आवको असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशको औद्योगिक क्षेत्रमा ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा २०८२ असार मसान्तको तुलनामा २५.६३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा १.९४ प्रतिशतले घटेर रु.४ अर्ब ३ करोड ८७ लाख कायम भएको थियो ।

कर्णालीमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ७.५२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सुर्खेत जिल्लामा सबैभन्दा धेरै २ अर्ब ८६ करोड रुपैयाँ (५६.५१ प्रतिशत) कर्जा लगानी रहेको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम अर्थात् १ करोड ३९ लाख रुपैयाँ (०.२८ प्रतिशत) लगानी रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस