काठमाडौं, १३ कात्तिक । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तोलामा १०५ रुपैयाँले घटेर चाँदी ३ हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।