[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

काठमाडौंमा ‘काश्मिर कालो दिवस’ मनाइयो, कूटनीतिक पहल र आत्मनिर्णयको अधिकारमा जोड

अनलाइनसमय |
१४ कार्तिक २०८३
काठमाडौंमा ‘काश्मिर कालो दिवस’ मनाइयो, कूटनीतिक पहल र आत्मनिर्णयको अधिकारमा जोड

काठमाडौं, १३ कात्तिक । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘काश्मिरका लागि अन्तर्राष्ट्रिय कूटनीति र भावी बाटो’ भन्ने मूल नाराका साथ एक विशेष गोष्ठीको आयोजना गरी ‘काश्मिर – कालो दिवस’ मनाएको छ ।

सन् १९४७ अक्टोबर २७ मा भारतीय सेना श्रीनगर प्रवेश गरी जम्मू–काश्मिरमा सैन्य उपस्थिति सुरु गरेको ७९ औँ वार्षिकोत्सवका अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली पत्रकार, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


सहभागीहरूले काश्मिर विवादको दीर्घकालीन समाधान, काश्मिरी जनताको आत्मनिर्णयको अधिकार र त्यसका लागि अन्तर्राष्ट्रिय कूटनीतिको भूमिकाबारे छलफल गरेका थिए । सो अवसरमा पाकिस्तानका शीर्ष नेतृत्वद्वारा पठाइएका सन्देशहरू पढेर सुनाइएको थियो ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सन् २०१९ अगस्ट ५ को एकतर्फी कदमपछि भारतीय गैरकानुनी कब्जामा रहेको जम्मू र काश्मिरमा मानव अधिकारको स्थिति झनै बिग्रिएको भन्दै चिन्ता व्यक्त गरे । उनले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरू अनुसार विवादको न्यायोचित समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सक्रिय हुन आग्रह गरे ।

यसैगरी, पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले दक्षिण एसियामा स्थायी शान्ति र स्थिरताका लागि काश्मिरी जनताको आकाङ्क्षा र युएन सुरक्षा परिषद्का प्रस्तावहरू बमोजिम विवाद समाधान हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक नेताहरूमाथिको धरपकड र मौलिक अधिकारमाथिको प्रतिबन्धप्रति ध्यानाकर्षण गराउँदै पाकिस्तानको नैतिक, कूटनीतिक र राजनीतिक समर्थन जारी रहने दोहोर्याए ।

त्यस्तै, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सिनेटर मोहम्मद इसहाक दारले काश्मिरी जनताको अधिकार रक्षाका लागि विश्वव्यापी कूटनीतिक प्रयासको आवश्यकता औँल्याए ।

कार्यक्रमको समापन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले काश्मिर मुद्दाको स्थायी समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको निरन्तर र अर्थपूर्ण संलग्नता अपरिहार्य रहेको बताए । कार्यक्रमका सहभागीहरूले काश्मिरी जनताका वैधानिक माग र आत्मनिर्णयको अधिकारप्रति आफ्नो ऐक्यबद्धता प्रकट गरेका थिए ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस