नीतिगत सुधारका बीच पूँजीबजार किन सुस्त ? (अन्तरवार्ता)
अनलाइनसमय |
१४ कार्तिक २०८३
काठमाडौं, १३ कात्तिक । नेपाली पूँजी बजार पछिल्ला वर्षहरूमा प्रविधि र पहुँचका हिसाबले द्रुत गतिमा विस्तार भएको छ । यद्यपि परिपक्वता, पारदर्शिता र लगानीकर्ता साक्षरताको दृष्टिले अझै अनेकौं चुनौती यथावत् छन् ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ऐतिहासिक रूपमा तल्लो विन्दुमा झरेको कर्जाको ब्याजदर जस्ता अनुकूल वित्तीय वातावरण हुँदाहुँदै पनि बजारले अपेक्षाकृत लय समात्न सकेको छैन । यसले नीतिगत सुधार र बजारको वास्तविक गतिशीलताबीच गहिरो खाडल रहेको सङ्केत गरेको छ । यसैगरी आजको नेपाली शेयर बजारमा आधारभूत वित्तीय सूचक र कम्पनीको वास्तविक अवस्थाभन्दा पनि सामाजिक सञ्जालका हल्ला र अरुको पछि लागेको लगानी गर्ने प्रवृत्ति छ । यसले आम सोझा लगानीकर्ता ठूलो जोखिममा पर्दै आएका छन् । यो सन्दर्भमा, नेपाली पूँजी बजारको वर्तमान अवस्था, बजारका मुख्य संरचनात्मक समस्या, लगानीकर्ताको मनोविज्ञान, जोखिम व्यवस्थापनका व्यावहारिक उपाय र बजारलाई ‘भ्यालु इन्भेस्टिङ’तर्फ मोड्न सरोकारवाला निकायले खेल्नुपर्ने भूमिका लगायत विषयमा आजको वित्तीय संवाद केन्द्रित रहनेछ ।
यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा पूँजी बजार विश्लेषक एवं अनुभवी लगानीकर्ता उपेन्द्र पाठकसँगगरिएको कुराकानी :