[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

३० खर्ब नाघ्यो सार्वजनिक ऋण, जीडीपीको ४५.५९ प्रतिशत

अनलाइनसमय |
१४ कार्तिक २०८३
३० खर्ब नाघ्यो सार्वजनिक ऋण, जीडीपीको ४५.५९ प्रतिशत

काठमाडौं, १३ कात्तिक । नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्ममा सरकारको सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको छ । उक्त ऋणको दायित्व पहिलोपटक ३० खर्ब नाघेको हो ।

कार्यालयको तथ्याङ्क अनुसार सरकारले असोजमसान्तसम्म सबैभन्दा बढी बाह्य ऋण तिर्न बाँकी छ । सो अवधिमा सरकारले बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड तिर्न बाँकी छ ।

आव २०८३÷८४ को असोजसम्मको नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा ४५ दशमलव ५९ प्रतिशत रहेको छ, जसमध्ये आन्तरिक ऋणको हिस्सा जीडीपीको २१ दशमलव ३७ प्रतिशत र बाह्य ऋणको हिस्सा २४ दशमलव २२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका अनुसार तीन महिनामा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण ८२ अर्ब ७३ करोड भुक्तानी गरेको छ भने बाह्य ऋण १६ अर्ब १३ करोड रुपैयाँको भुक्तानी गरेको छ ।

यसैगरी, चालू आवमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा असोज मसान्तसम्ममा १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ७३ प्रतिशत हो ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस