काठमाडौं, १५ कात्तिक । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ५७ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आवको तुलनामा ८ दशमलव ३४ प्रतिशतले बढी हो । २०८२ असार मसान्तमा यस्तो कर्जा ६.८० प्रतिशतले बढेको थियो ।
कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ८५.२१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
सेवा क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये उपभोग्य क्षेत्रमा सबैभन्दा धेरै २९ अर्ब ४८ करोड ८ लाख रुपैयाँ प्रवाह भएको छ भने सबैभन्दा कम वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ८ करोड ७० लाख प्रवाहित भएको छ ।
राष्ट्र बैंकका अनुसार कुल सेवा क्षेत्र कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी ५७.६७ प्रतिशतले वृद्धि भएको छ भने अन्य क्षेत्रमा सबैभन्दा कम १७.१५ प्रतिशतले घटेको छ ।
साथै, शिक्षा सेवा कार्य कर्जा २६.६७ प्रतिशत, उपभोग्य कर्जा २२.२४ प्रतिशत, पर्यटन कार्य कर्जा ९.७० प्रतिशत, स्वास्थ्य सेवा र अन्य सामाजिक कार्य कर्जा ०.६४ प्रतिशतले वृद्धि भएको छ । घर जग्गा, अन्य सेवा र थोक तथा खुद्रा विक्रेता क्षेत्रमा प्रवाहित कर्जा क्रमशः ८.४८ प्रतिशत, ४.७४ प्रतिशत र ३.६५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।