Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय हरर फिल्म फेस्टिभल सुरु – Onlinesamaya.com काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय हरर फिल्म फेस्टिभल सुरु – Onlinesamaya.com

[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय हरर फिल्म फेस्टिभल सुरु

अनलाइनसमय |
१४ कार्तिक २०८३
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय हरर फिल्म फेस्टिभल सुरु

काठमाडौं, कात्तिक १३ । काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय हरर फिल्म फेस्टिभल (केएचएफएफ) सुरु भएको छ । शुक्रबार रुसी हाउस काठमाडौंमा आयोजित समारोहबीच फेस्टिभलको उद्घाटन गरिएको हो ।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी र सिनेमेकर्सको संयुक्त आयोजनामा सुरु भएको फेस्टिभललाई रुसी हाउसले सहयोग गरेको छ । रुसी हाउसमा लगातार दोस्रो वर्ष आयोजना गरिएको फेस्टिभलमा विभिन्न देशका हरर विधाका चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

फिल्म डेभलपमेन्ट बोर्ड नेपालका अध्यक्ष मनीष पण्डितको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा नेपालस्थित रुसी दूतावासका काउन्सिलर तथा रोस्सोट्रुडनिचेस्ट्भो प्रतिनिधि कार्यालयकी प्रमुख अनास्तासिया खोख्लोभा, नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठक, नेपालस्थित जापानी दूतावासका उपप्रमुख यासुहारु सिन्तो, पाकिस्तानी दूतावासका प्रथम सचिव वकास अहमद तथा फेस्टिभल निर्देशक रशिक पाठक सहभागी थिए । यस्तै ‘द विन्ड’ का कार्यकारी निर्माता अलेक्जान्डर ओस्त्रोभेर्ख–क्वान्चियानी चलचित्रको प्रदर्शनमा सहभागी हुन रुसबाट काठमाडौं आएका थिए ।

कार्यक्रममा पियानोवादक सार्थक मानन्धरले रुसी संगीतकार चाइकोभ्स्की र कोर्नेल्युकका रचना प्रस्तुत गरेका थिए । त्यसपछि नेवारी लाखे नाच प्रदर्शन गरिएको थियो ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस