Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260
आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने – Onlinesamaya.com आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने – Onlinesamaya.com

[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

अनलाइनसमय |
१६ कार्तिक २०८३
आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने

काठमाडौं, १५ कात्तिक । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।

नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन लागिएको हो ।

आयोजनाले जारी गरेको सूचनाअनुसार वर्ग १ अर्थात् कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, वर्ग २ अर्थात् मिनी बस तथा मिनी टिपर÷ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

वर्ग ३ अर्थात् बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, वर्ग ४ अर्थात् मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस