काठमडौं, १९ कात्तिक । बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे बनेपा नगरपालिका ६ बस्ने ४० वर्षीय सुविन वैदार र काठमाडौं महानगर १६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरुङ बस्नेत रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ करोड ५१ लाख जरिवाना र १ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुविनलाई काभ्रे बनेपा नगरपालिका ७ बनेपाबाट बुधबार पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका १ रानीवनबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउमध्ये सुविनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ । दुर्गालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।