सप्तरीबाट २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

अनलाइनसमय |
४ असोज २०८३
सप्तरीबाट २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

काठमाडौं, ४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो । सो क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस