काठमाडौं, २५ असार । बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी अनुपमशम्शेर जबराकानुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ । यद्यपि, पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो ।