हुम्लामा ५१ लाखभन्दा बढिको अवैध चिनियाँ मदिरा बरामद

अनलाइनसमय |
२९ साउन २०८३
हुम्लामा ५१ लाखभन्दा बढिको अवैध चिनियाँ मदिरा बरामद

काठमाडौं, २९ साउन । हुम्लामा प्रहरीले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार ५९४ वटा कार्टुनमा रहेको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुन बडवाइजर ४ हजार ६५६ बोतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रहरी कार्यालय हुम्ला, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म हुम्ला, राष्ट्रिय अनुसन्धान विभाग हुम्ला र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले सो मदिरा बरामद गरेको हो । बरामद गरिएका सम्पूर्ण अवैध चिनियाँ मदिराको कूल बजार मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस