काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बानियाँलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन गत साता अनुमति लिएको हो ।
बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा थिए ।
पछिल्लो समय सीआईबीले विभिन्न आर्थिक तथा आपराधिक कसुरमा उच्च पदस्थ व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ । ठगी तथा संगठित अपराधको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गर्न अनुमति लिइएको थियो । अर्याल पनि हाल फरार रहेको बताइएको छ ।
यसअघि नेपालबाट मलेसिया जाने श्रमिकसँग कानुनविपरीत रकम असुली गरेको प्रकरणमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित ६ जनालाई सीआईबीले पक्राउ गरिसकेको छ ।