प्रधानमन्त्री शाह भारत प्रस्थान

अनलाइनसमय |
६ मंसिर २०८३
प्रधानमन्त्री शाह भारत प्रस्थान

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारततर्फ प्रस्थान गरेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ दल रास्वपाको तर्फबाट प्रवक्ता जगदीश खरेलले शाहलाई बिदाइ गरेका छन् ।

प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस