काठमाडौं, ६ मंसिर । हाल नेपालको पश्चिमी वायूको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगायत देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भु–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
आज राती देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई क्षेत्रमा र मधेश प्रदेशमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।