मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

अनलाइनसमय |
६ मंसिर २०८३
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खाएका छन् । उनलाई मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ खुवाएका हुन् ।

जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता रहेका उनलाई शनिबारसंविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

यादवले दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्न लागेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस