काठमाडौं, ६ मंसिर । एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ ।
कतारको दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) ६ विकेटले हराएको हो ।
यूएईले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्याे । नेपालकोे जितमा कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।
यसअघि टस जितेर ब्याटिङ रोजेको काठमान्डौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो ।
यूएईका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । त्यस्तै हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन विकेट लिए । त्यस्तै, राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।
यसअघिको पहिलो खेलमा नेपाल भारत ‘ए’सँग पराजित भएको थियो ।