नेपाल–भारतबीच पाँच परियोजनाको शिलान्यास

अनलाइनसमय |
७ मंसिर २०८३
नेपाल–भारतबीच पाँच परियोजनाको शिलान्यास

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सहकार्यमा अघि बढाइएका पाँच परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन् ।

सोमबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर चार परियोजनाको शिलान्यास र एक परियोजनाको उद्घाटन गरेका हुन् ।

शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा एकीकृत जाँच चौकी (आईसीपी), झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन तथा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन् ।

यसैगरी, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ ।

यी परियोजनाले नेपाल र भारतबीचको पूर्वाधार विकास, व्यापार, ऊर्जा तथा पारवहन सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस