अयोध्या–जनकपुर रेला सेवा सुरु, प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले गरे संयुक्त उद्घाटन

अनलाइनसमय |
७ मंसिर २०८३
अयोध्या–जनकपुर रेला सेवा सुरु, प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले गरे संयुक्त उद्घाटन

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गरेका छन् ।

दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाट रेल सेवाको संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्नेछ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ ।

भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।

करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ ।

यसबाट उत्तर प्रदेशको अयोध्या र नेपालको जनकपुरधामबीच सीधा रेल सम्पर्क स्थापित हुनेछ। यसले धार्मिक पर्यटन, सीमा पार यात्रा र दुई देशबीच आर्थिक कारोबारलाई बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस