एनपीएल :  फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै

अनलाइनसमय |
३ मंसिर २०८३
एनपीएल :  फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम खेल्दै

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो क्वालिफायरअन्तर्गत हुने यस खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै उपाधि भिडन्तमा पुग्नु हुनेछ । आजको विजेता टोलीले उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग फाइनलमा सामना गर्नेछ ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिम रोयल्स फाइनल पुग्नका लागि दोस्रो क्वालीफायर खेल्नुपरेको हो ।

त्यस्तै, इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनकोले पराजित गर्दै पहिलो पटक क्वालिफायरमा पुगेको चितवन राइनोज आज सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक एनपीएल फाइनलमा पुग्ने ऐतिहासिक सफलता हासिल गर्न चाहन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस