काठमाडौं, ३ मंसिर । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
आज राती कोशी र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।