एनपीएल : चितवनले विराटनगरलाई ८ रनले हरायो

अनलाइनसमय |
११ कार्तिक २०८३
एनपीएल : चितवनले विराटनगरलाई ८ रनले हरायो

काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ र लोकेश बमले २६ रन बनाए । आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे ।

चितवनका लागि कमल ऐरीले सर्वाधिक ४ विकेट लिए । रिजन ढकालले २ विकेट लिए भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस