काठमाडौं, १० कात्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ९४ अंकले बढेर दुई हजार ६३० दशमलव ७६ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३५ धितोपत्रको शेयर मूल्य बढ्दा १३६ को घटेको छ । यस्तै ८ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६० धितोपत्र कारोबारमा आएका छन् ।
आज बेनी हाइड्रोपावर प्रोजेक्ट १४ दशमलव ९८, माथिल्लो मेलुङ खोला जल विद्युत् १२ दशमलव ०९, दोर्दी खोला जल विद्युत् ६ दशमलव ७९, सुपर मादी हाइड्रोपावर ५ दशमलव ९५ र शिर्जनशील लघुवित्तको शेयर मूल्य ५ दशमलव ६८ प्रतिशतले बढेको छ ।
यसदिन यूनिभर्सल नेपाल ४ दशमलव ९१ र सनराइज फस्ट म्युचुअल फण्डको शेयर मूल्य २ दशमलव ९७ प्रतिशतले घटेको छ ।