काठमाडौं, १६ असोज । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलाका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
शुक्रबार क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । लिग–२ यही अक्टोबर ७ देखि ओमानमा हुँदैछ । यो सिरिजमा नेपाल, ओमान र क्यानाडाबीच त्रिकोणात्मक भिडन्छ हुनेछ ।
हालै एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ । हेमन्त धामी बाहिरिका छन् भने नन्दन यादवले कमब्याक गरेका छन् । यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन् । यस्तै, टिममा स्पिनर साहब आलमलाई पनि स्थान दिइएको छ । अनुभवि खेलाडीहरू कुशल भुर्तेल, सोमपाल कामी, आरिफ शेख र भिम सार्की भने यसपाली बाहिरै छन् ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम, शेर मल्ल