काठमाडौं, २७ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत भइरहेको खेलमा नेपालले ओमानलाई जीतका लागि २६४ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमिरातमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो ।
नेपालका लागि रोहित पौडेलले ६७ बलमा ६१ रन बनाए । करण केसीले १६ बलमा ४० रन, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक विकेट लिए ।