काठमाडौं, २७ असोज । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ०५ अंकले बढेर दुई हजार ५९९ दशमलव ८६ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३५ लाख ५३ हजार ९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १०४ धितोपत्रको शेयर मूल्य बढ्दा १६७ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५१ धितोपत्र कारोबारमा आएका छन् ।
आज सगरमाथा जलविद्युत् १२ दशमलव ४४, नेपाल लाइफ समृद्धि लगानी योजना ४ दशमलव ६२, एनआइसी एसिया ग्रोथ फण्ड ४ दशमलव ५७ र सन नेपाल लाइफ इन्सुरेन्सको शेयर मूल्य ३ दशमलव १७ प्रतिशतले बढेको छ ।
यसदिन स्नो रिभर्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै धौलागिरी लघुवित्त १२ दशमलव ८७, एनआइसी एसिया सेलेक्ट फण्ड ५ दशमलव २३, कुथेली बुखरी स्मल हाइड्रोपावर ४ दशमलव ५६ र सीटि होटलको शेयर मूल्य ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।