विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

अनलाइनसमय |
२७ असोज २०८३
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

काठमाडौं, २७ असोज । संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने, प्रदेशका अधिकार सुनिश्चित गर्ने तथा आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ ।

कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले डिजिटल प्रविधिमार्फत संयुक्त रूपमा गरेका हुन् । सम्मेलनमा सुदूरपश्चिमबाहेक छ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष सहभागी छन् ।

उद्घाटनपछि अवधारणापत्र प्रस्तुत गर्दै कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न प्रदेशहरू साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताए ।

उनले प्रदेश निजामती सेवा, प्रहरी समायोजन तथा राजस्व र स्रोत बाँडफाँटजस्ता विषय अझै टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्र सरकारसमक्ष साझा आवाज उठाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस