काठमाडौं, १८ कात्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।