काठमाडौं, १६ कात्तिक । पछिल्लो एक वर्ष अवधिमा कार्पेट तथा गलैँचा निर्यात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालले ३ अर्ब ७२ करोड ६ लाख रुपैयाँ बराबरको कार्पेट तथा गलैँचा निर्यात गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको ३१ दशमलव ३५ प्रतिशते बढी हो । आव २०८२/८३ को तीन महिनामा २ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको थियो ।
सबैभन्दा धेरै निर्यात अमेरिकामा भएको छ । चालू आवको तीन महिनामा २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ बरबरको नेपाली कार्पेट तथा गलैँचा अमेरिकातर्फ निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा ४० दशमलव २१ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा अमेरिकामा १ अर्ब ६४ करोड ८८ लाखको यस्तो वस्तु निर्यात गरिएको थियो ।
अमेरिकापछि २७ करोड ९१ लाख लाख मुल्य बराबरको कार्पेट भारतमा निर्यात भएको छ । त्यस्तै, फ्रान्समा ४९ १६ करोड ३६ लाख, जर्मनीमा १३ करोड ३६ लाख, इटालीमा ११ करोड ३९ लाखको र अष्ट्रेलियामा ६ करोड ६२ लाख रुपैयाँ बराबरको कार्पेट तथा गैलैँचा निर्यात भएको छ ।
यसैगरी, चालू आवको तीन महिनामा १७ करोड ३२ लाख रुपैयाँको यी वस्तु आयात गरिएको तथ्याङ्कमा उल्लेख छ ।