काठमाडौं, १६ कात्तिक । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले बढेर दुई हजार ६५७ दशमलव ५ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँको कारोबार भएको थियो । गत शुक्रबार ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २१ धितोपत्रको शेयर मूल्य बढ्दा २५२ को घटेको छ । यस्तै ६ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार सबै समूहको उपसूचक घटेको छ । यसदिनविकास बैंक सर्वाधिक १ दशमलव ८८ प्रतिशतले बढेको छ ।
यसैगरी निर्जीवन बीमा १ दशमलव ७२, अन्य १ दशमलव ६१, फाइनान्स १ दशमलव ५३, जीवन बीमा १ दशमलव ४७, लगानी १ दशमलव ४२, माइक्रोफाइनान्स १ दशमलव १६, हाइड्रोपावर १ दशमलव ०८, बैंकिङ १ दशमलव ०७, व्यापार शून्य दशमलव ८६, म्युचुअल फण्ड शून्य दशमलव ७३, होटेल तथा पर्यटन शून्य दशमलव ६३ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।
यस्तै बेनी हाइड्रोपावर प्रोजेक्ट १३ दशमलव ५८, मकर जितुमाया सुरी हाइड्रोपावर ८ दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर ५ दशमलव ४७, एनआईसी एशिया बैंक ३ दशमलव ०२ र बुटवल पावरको शेयर मूल्य २ दशमलव ४८ प्रतिशतले बढेको छ ।
यसदिन सानिमा लार्ज क्याप फण्ड ४ दशमलव ८६, झापा इनर्जी ४ दशमलव ११, सांग्रिला डेभलवमेन्ट बैंक ४ दशमलव ०८, एनएलजी इन्सुरेन्स ३ दशमलव ८३ र माउण्ट एभरेष्ट पावर डेभलवमेन्टको शेयर मूल्य ३ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।