तोलामा २३ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
१६ कार्तिक २०८३
तोलामा २३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, १६ कात्तिक । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस