कस्तो रहला आज दिनभरको मौसम ?

अनलाइनसमय |
१६ कार्तिक २०८३
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, १६ कात्तिक । हाल नेपालमा पश्चिमी वायूको साथै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले देशभर आंशिक बादल लागेको छ । देशका पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशका साथै देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मौसम मूख्यतया सफा रहने छ । लुम्बिनी प्रदेशका साथै देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आज राती देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु कुहिरो लाग्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस