काठमाडौं, १७ कात्तिक । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४० अंकले बढेर दुई हजार ६६५ दशमलव ५३ बिन्दुमा कायम भएको हो ।
आज २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ९८ धितोपत्रको शेयर मूल्य बढ्दा १७१ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५८ धितोपत्र कारोबारमा आएका छन् ।
आज नेपाल रिइन्सुरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन रिइन्सुरेन्स ११ दशमलव ४८, स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन ८ दशमलव ६५, घोराही सिमेन्ट ५ र नेपाल रिपब्लिक मिडियाकोे शेयर मूल्य ४ दशमलव ९७ प्रतिशतले बढेको छ ।
यसदिन शिखर पावर डेभलवमेन्ट ३ दशमलव ७४, सीवाइसी लघुवित्त ३ दशमलव ३४, चितवन हाइड्रोपावर ३ दशमलव २६ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव २ प्रतिशतले घटेको छ ।