कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशन गर्ने स्वीकृति, १७ लाख कित्ता शेयर जारी गर्ने

अनलाइनसमय |
१९ कार्तिक २०८३
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ निष्काशन गर्ने स्वीकृति, १७ लाख कित्ता शेयर जारी गर्ने

काठमाडौं, १९ कात्तिक । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।

बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशन तथा शेयर निष्कासनका लागि २०८३ कात्तिक १९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । स्वीकृतिअनुसार कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरले कुल १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले निष्कासन मिति तोकेर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र दोस्रो चरणमा आम सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस