बिहीबार पनि घट्यो नेप्से, ४ अर्ब ७२ करोडको कारोबार

अनलाइनसमय |
१९ कार्तिक २०८३
बिहीबार पनि घट्यो नेप्से, ४ अर्ब ७२ करोडको कारोबार

काठमाडौं, १७ कात्तिक । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९५ अंकले घटेर दुई हजार ६५२ दशमलव ५८ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ५६ धितोपत्रको शेयर मूल्य बढ्दा २११ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

बिहीबार माइक्रोफाइनान्स शून्य दशमलव ०९ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन हाइड्रोपावर समूह सर्वाधिक शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

आज प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स प्रमोटर २ दशमलव ९७, कुमारी सवल योजना २ दशमलव ९६, स्नो रिभर्स २ दशमलव ८६, एशिएन हाइड्रोपावर २ दशमलव ७ र कुमारी इक्वीटि फण्डकोे शेयर मूल्य २ दशमलव ६२ प्रतिशतले बढेको छ ।

यसदिन चितवन हाइड्रोपावर ४ दशमलव ६१, हिमालयन रिइन्सुरेन्स ३ दशमलव ७५, भुजुंग हाइड्रोपावर ३ दशमलव ६५ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस