Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.
Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть
२२ वर्षमा २५५ संस्था गाभिए, बैंकहरूको लगानी क्षमतादेखि वित्तीय स्थायित्वमा सुधार (भिडियो रिपोर्ट)
अनलाइनसमय |
२ असोज २०८३
काठमाडौं, २ असोज । नेपालमा विगत २२ वर्षमा २५५ वटा बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएर ५६ ओटामा समेटिएका छन् । २०६१ सालदेखि सुरु भएको मर्जर तथा प्राप्तिको अभियानले नेपाली वित्तीय प्रणालीलाई सुदृढ पुँजी र उच्च जोखिम वहन क्षमता भएका ‘मेगा बैंकहरू’को युगमा प्रवेश गराएको छ । संख्यात्मक हिसाबले १९९ ओटा वित्तीय संस्थाहरूको स्वतन्त्र अस्तित्व समाप्त भए पनि यसले बैंकहको चुक्ता पुँजी, खुद सम्पत्ति, लगानी क्षमता र वित्तीय स्थायित्वमा भने ठूलो सुधार ल्याएको छ ।
बैंकिङ सेवा देशभर विस्तार गर्ने उद्देश्यले विगतमा नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थालाई सञ्चालन अनुमति दिएको थियो । त्यसपछि बैंकहरूको संख्या तीव्र रूपमा बढेको देखिन्छ । तर संख्या अत्यधिक भएपछि वित्तीय प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र व्यवस्थित बनाउने उद्देश्यले राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिन थालेको थियो । विगतमा केन्द्रीय बैंकले उदार लाइसेन्स नीति लिँदा वाणिज्य बैंक ३२, विकास बैंक ८६ र वित्त कम्पनीको संख्या ८७ सम्म पुगेको थियो ।
संस्थागत सुशासनको गम्भीर अभाव, कमजोर पुँजीगत आधार र सर्वसाधारणको निक्षेप नै जोखिममा पर्ने अवस्था सिर्जना भएपछि केन्द्रीय बैंक नीतिगत कडाइ गर्न बाध्य भएको थियो । २०६१ साउन ११ गते तत्कालीन लक्ष्मी बैंकले हाइसेफ फाइनान्स र नेपाल बंगलादेश बैंकले नेपाल बंगलादेश फाइनान्सलाई गाभेर शुरू भएको यो प्रक्रियाले २२ वर्षमा बैंकिङ क्षेत्रको संरचनात्मक स्वरूप नै बदलिएको छ ।
त्यसो त यो अवधिमा बैंक तथा वित्तीय संस्थाको तीव्र समायोजनले नेपाली बैंकिङ क्षेत्रमा केही चुनौती पनि सतहमा ल्याएको छ । कमजोर वित्तीय अवस्था भएका साना विकास बैंक र फाइनान्स कम्पनीहरूलाई गाभ्दा तिनको खराब कर्जा वाणिज्य बैंकहरूको वासलातमा सरेको देखिन्छ । परिणामस्वरूप बैंकिङ क्षेत्रको कुल निष्क्रिय कर्जाको अनुपात पनि बढेको छ ।
२०६१ देखि २०८३ सम्मको अवधिमा वाणिज्य बैंकहरूमा १२८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन् । तीमध्ये ११३ वटाको अस्तित्व समाप्त भएर हालको १५ वाणिज्य बैंक बनेका हुन् । ५ वाणिज्य बैंक भने मर्जरमा गएका छैनन् । त्यसैगरी, विकास बैंकतर्फ ३६ वटा संस्था आपसमा गाभिएर ९ ओटा र वित्त कम्पनीहरू १६ वटा गाभिएर ७ ओटा बनेका छन् । यस्तै लघुवित्त क्षेत्रमा पनि ७५ वटा संस्था एकआपसमा गाभिएर २५ ओटा बनेका छन् । यस्तो छ बिहीबार हिमालय टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षाको भिडियो रिपोर्ट :