अधिक तरलता र खराब कर्जाको दबाबमा बैंकिङ क्षेत्र, दिगो व्यवस्थापनका उपाय के ? (अन्तरवार्ता)
अनलाइनसमय |
२१ कार्तिक २०८३
काठमाडौं, २१ कात्तिक । नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको बैंकिङ क्षेत्र लामो समयदेखि विरोधाभास पूर्ण अवस्थाबाट गुज्रिरहेको छ । एकातिर बैंकहरूमा निक्षेप थुप्रिएर अधिक तरलताको अवस्था छ, ब्याजदर निरन्तर घट्दो क्रममा छ र लगानीका लागि पुँजी सस्तिएको छ । तर अर्कातिर, कर्जाको अपेक्षित विस्तार हुन सकेको छैन ।
यो विरोधाभासपूर्ण अवस्थासँगै बैंकिङ क्षेत्रमा खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको ग्राफ पनि बढेको छ । जसका कारण बैंकहरूको नाफा, वित्तीय स्वास्थ्य र समग्र कर्जा असुली प्रक्रियामा तीव्र दबाब सिर्जना भएको छ । ब्याजदर घट्दा एकातिर बचतकर्ताको वास्तविक क्रयशक्ति क्षय हुने जोखिम छ भने अर्कातिर ऋणीका लागि भने लागत सस्तिएको छ ।
यसैबीच, डिजिटल बैंकिङ, क्यूआर भुक्तानी र डिजिटल लोनको तीव्र विस्तारले वित्तीय पहुँचमा नयाँ आयाम थपे अझै पनि दूरदराजका साना उद्यमी, किसान र धितोविहीन नागरिक औपचारिक बैंकिङ सेवाको दायराभन्दा बाहिरै छन् ।
यिनै जटिल परिस्थितिबीच, नेपाली बैंकिङ क्षेत्र वास्तवमा कुन अवस्थामा छ ? अधिक तरलताको दिगो व्यवस्थापन कसरी सम्भव छ ? खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको चक्रव्युहबाट बैंकहरू कसरी निस्कन सक्छन् ? अनि यसमा बैंक स्वयं, सरकार, नियामक र निजी क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ?
यसै विषयमा हिजो बिहीबार हिमालयन टेलिभिजनमा प्रसारण भएको कार्यक्रम वित्तीय शिक्षामा मञ्जुश्री फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनासँग गरिएको कुराकानी :