काठमाडौं, २० कात्तिक । नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ ।
बोर्डले कात्तिक २० गते कम्पनीलाई शेयर निष्काशनका लागि अनुमति दिएको हो ।
स्वीकृतिअनुसार कम्पनीले अंकित मूल्य १०० रूपैयाँ दरका कुल १२ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमार्फत शीघ्र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर निष्काशन प्रक्रिया अगाडि बढाउनेछ ।