काठमाडौं, २० कात्तिक । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोेला २ लाख ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन ३ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ ।