काठमाडौं, २० कात्तिक । यस साताको कारोबार अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ६४ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६५५ दशमलव २२ को विन्दुमा बन्द भएको छ । कारोबार अघिल्लो दिन बिहीबार परिसूचक १२ दशमलव ९५ अङ्कले घटेर २,६५२ को विन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढे पनि कारोबार रकम पनि घटेको छ । बिहीबार ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २८ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ३ लाख १३ हजार ८४२ कित्ता शेयर ३३ हजार २१५ पटक किनबेच भएको छ ।
शुक्रबार ३३६ धितोपत्र कारोबारमा आए, जसमध्ये १५८ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १०७ धितोपत्रको मूल्य घटेको छ भने १४ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये अन्य समूहको उपसूचक बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन निर्जीवन बीमाको उपसूचक ०.६५, म्युचुअल फण्डको ०.५३, जीवन बीमाको ०.३५, हाइडनेपावरको ०.२५ र लगानी समूहको उपसूचक ०.२३ प्रतिशतले बढेको छ ।
शुक्रबार क्रेष्ट माइक्रोलाइफको शेयर मूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै, बेनी हाइड्रोपावरको ५.७८, बाराही हाइड्रोपावरको ४.०२, राष्ट्रिय बीमा कम्पनीको ३.४२, सुपर माई हाइड्रोपावरको ३.३४ र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३.१९ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज घोराही सिमेन्टको शेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ ।