शेयर बजारमा उछाल: ५२.९७ अङ्कले बढेको नेप्से २२५७ को विन्दुमा, ७ अर्ब ६२ करोडको कारोबार

अनलाइनसमय |
३१ असार २०८१
शेयर बजारमा उछाल: ५२.९७ अङ्कले बढेको नेप्से २२५७ को विन्दुमा, ७ अर्ब ६२ करोडको कारोबार

काठमाडौं, १७ असार । यस साताको कारोबारको शुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साढे २२ सय अङ्क नाघेको छ । आइतबार नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२ सय ५७ दशमलव ५९ को विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार कारोबार रकम पनि उच्च भएको छ । २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयर ९६ हजार २७४ पटक किनबेच हुँदा कुल ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन अर्थात् शुक्रबार ७ अर्ब ८ करोडको कारोबार भएको थियो ।

आज ३०९ धितोपत्रको कारोबार हुँदा २०१ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ३६ धितोपत्रको मूल्य घटेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आइतबार कारोबार भएका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । यस दिन सबैभन्दा बढी बैंकिङ समूहको उपसूचकमा लगानीकर्ताका आकर्षण देखिएको छ । सो समूहको उपसूचक ३.७४ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर समूहको ३.३०, उत्पादनमुलक समूहको २.६६ र व्यापार समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ ।

आइतबार दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा रिडी पावर कम्पनी र माण्डू हाइड्रोपावर लिमिटेड छन् । त्यस्तै जानकी फाइनान्स कम्पनीको ९.९५, हिमाल दोलखा हायड्रोपावरको ९.९३, अरुण भ्याली हाइड्रोपावरको ९.३७ र नेश्नल हाइड्रोपावरको ८.८१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी १०.१५ % प्राइम डिबेन्चर २०२४ को शेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ । त्यस्तै बालेफी हाइड्रोपावरको ३.६८, एनआइसी एसीया सेलेक्ट फन्ड- ३० को ३.०५ र सप्तकोशी डिभलपमेन्ड बैंकको २.६८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस