[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकता प्रतिलिपि पाउने, कुन प्रदेशका लागि कहाँ ?

अनलाइनसमय |
१२ कार्तिक २०८३
अन्य जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नागरिकता प्रतिलिपि पाउने, कुन प्रदेशका लागि कहाँ ?

काठमाडौं, ११ कात्तिक । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका अन्य जिल्लाका नागरिकहरूले अब काठमाडौं उपत्यकाभित्रकै जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकताको प्रतिलिपि पाउने भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थाका नागरिकलाई सेवा सहज बनाउन यस्तो व्यवस्था गरेको हो ।
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिएको हो ।

कार्यालयले गृह मन्त्रालयको ९ कात्तिकको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई प्रदेश अनुसार फरक–फरक जिल्ला प्रशासन कार्यालयबाट सेवा दिने प्रबन्ध मिलाइएको जनाएको छ ।

यस व्यवस्था अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयअन्तर्गत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन् ।

त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट कोशी र मधेश प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्ने सूचनामा उल्लेख छ ।

नागरिकता हराएको, च्यातिएको, आगलागी वा पानीले भिजेर नष्ट भएको तथा नयाँ ढाँचामा आवश्यक परेको खण्डमा सेवाग्राहीले यो सुविधा पाउनेछन् ।

नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रुजु गरिनेछ ।

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद देखिएका नागरिकता बाहकलाई भने नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस