काठमाडौं, ११ कात्तिक । वीरगञ्ज भन्सार कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख राजस्व संकलन गरेको छ ।
भन्सार कार्यालयले असोजमा २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।
सो अवधिमा आयातबाट मात्रै २ अर्ब २९ करोड राजस्व प्राप्त भएको छ । त्यसैगरी, खाना पकाउने एलपिजी ग्यासको आयातबाट १ अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) आयातबाट १ अर्ब ४० करोड र फलफूलतर्फ स्याउ तथा नास्पाति आयातबाट ५० करोड राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा कुल ६९ अर्ब १३ करोड राजस्व संकलन भएको छ ।