फोनपेको ‘अनर्स’ बाट काठमाडौं फिन्टेक सम्मानित

अनलाइनसमय |
२९ असोज २०८३
फोनपेको ‘अनर्स’ बाट काठमाडौं फिन्टेक सम्मानित

काठमाडौं, २९ असोज । नेपालको फिन्टेक इकोसिस्टम विकासमा उत्कृष्ट योगदान पु¥याएकोमा काठमाडौं फिन्टेक फोनपेको अनर्सबाट सम्मानित भएको छ । संस्थालाई ‘Outstanding Contribution to Fintech Ecosystem Development’  विधामा प्रदान गरिएको यस सम्मानले नेपालको बैंकिङ तथा फिन्टेक क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि संस्थाले गर्दै आएको प्रयासको कदर गरेको छ ।

काठमाडौं फिन्टेक स्थापना भएको छोटो समयमै बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी, नियामक निकाय र अन्य सरोकारवालाहरूको क्षमता विकास, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान तथा डिजिटल वित्तीय रूपान्तरणमा सक्रिय रहँदै आएको छ ।

सम्मानप्रति आभार व्यक्त गर्दै काठमाडौं फिन्टेकका संस्थापक सञ्जिब सुब्बाले फोनपेलाई धन्यवाद दिँदै यो सम्मान आफ्नो सानो तर प्रतिबद्ध टोलीसँगै समग्र बैंकिङ तथा फिन्टेक क्षेत्र, नियामक निकाय, साझेदार संस्था र सञ्चारमाध्यमको सहयोगको प्रतिफल भएको बताए ।

उनले आगामी दिनमा नेपालको बैंकिङ तथा फिन्टेक क्षेत्रमा थप नवीन र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रविधिको तीव्र विकाससँगै परिवर्तन भइरहेको बैंकिङ तथा वित्तीय क्षेत्रका लागि आवश्यक ज्ञान, सीप विकास र नवप्रवर्तनमा सहयोग पु¥याउने बताए । साथै, डिजिटल युगका अवसर र चुनौतीलाई आत्मसात् गर्न सक्ने सक्षम नेतृत्व निर्माणमा जोड दिँदै भविष्यका लागि आवश्यक डिजिटल नेतृत्व विकास गर्नु काठमाडौं फिन्टेकको प्रमुख प्राथमिकतामध्ये एक रहने उनले उल्लेख गरे ।

“हामीले पुरस्कार र सम्मानका लागि भन्दा पनि नेपालको बैंकिङ तथा फिन्टेक क्षेत्रलाई सक्षम बनाउन र भविष्यको नेतृत्व विकासमा योगदान पु¥याउने उद्देश्यले काम गर्दै आएका छौँ । यो सम्मानले हामीलाई अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा दिएको छ,” सुब्बाले भने ।

काठमाडौं फिन्टेक  ‘FinteK with K for Knowledge’को अवधारणामा आधारित ज्ञान तथा क्षमता विकास संस्था हो । यसले बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी, नियामक निकाय र विकास साझेदारहरूलाई लक्षित गर्दै तालिम, कार्यशाला, अनुसन्धान तथा परामर्शमार्फत वित्तीय क्षेत्रको डिजिटल रूपान्तरण र नवप्रवर्तनलाई सहयोग पु¥याउँदै आएको छ ।

संस्थाले आगामी दिनमा पनि नेपालको बैंकिङ तथा फिन्टेक इकोसिस्टमलाई थप सबल बनाउन, प्रविधिमैत्री जनशक्ति विकास गर्न र डिजिटल युगअनुकूल नेतृत्व तयार पार्न आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस