सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

अनलाइनसमय |
२३ असोज २०८३
सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

काठमाडौं, २३ असोज । सरकारले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदानसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी छन् ।

अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदानस्वरुप प्रति क्विन्टल ७० रुपैयाँ प्रदान गर्दै आएको छ । उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले वार्षिक रूपमा यस्तो अनुदान उपलब्ध गराउँदै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस