एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

अनलाइनसमय |
४ मंसिर २०८३
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं, ४ मंसिर । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्ताले हेलो सरकारको वेब पोर्टल टिकट नं एचएस डब्लूईबी८८ मार्फत ग्यास सिलिन्डरको मूल्य बढी लिइएको भनी गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको टोलीले सम्बन्धित स्टोरमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि उक्त स्टोरलाई २ लाख रुपैयाँ लाख जरिवाना गरिएको हेलो सरकारले जानकारी दिएको छ ।

हेलो सरकारले विश्वास गरी गुनासो पठाउने गुनासोकर्ता र तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर सकारात्मक सहकार्य गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई धन्यवादसमेत ज्ञापन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस