प्रधानमन्त्री बालेनको भारत भ्रमण स्वीकृत

अनलाइनसमय |
४ मंसिर २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण स्वीकृत

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री शाह यहि मंसिर ६ र ७ गते दुई दिने भ्रमणका लागि भारत जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका हुन् ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवामार्फत भारत प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायतका उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहको सम्मानमा औपचारिक दिवाभोजको आयोजना गर्नेछन् । यसैगरी, भारतका विदेशमन्त्री महामहिम एस. जयशंकरले नेपालका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन् ।

प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी नेपाल एयरलाइन्सको नियमित उडानबाट मंसिर ७ गते साँझ १८ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस