काठमाडौं, ४ मंसिर । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा १२ हजार २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतिततोला सुन २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २३५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा ४५ रुपैयाँले घटेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।