काठमाडौं, २९ असोज । केही दिनयता सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्ले कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा २२० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।